+
+

राजेश हमालको टिभी शो ‘यो नेपाली शिर उचाली’ आजदेखि हिमालय टिभीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १२:१५

काठमाडौं । अभिनेता राजेश हमालको नयाँ टेलिभिजन शो ‘यो नेपाली शिर उचाली’ शुक्रवार बेलुकादेखि प्रसारण हुने भएको छ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीहरुसँग उनीहरुको कर्मथलोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुँदैछ ।

कार्यक्रमको पहिलो भागमा पोर्चुगलका टङ्क सापकोटाको कथा समेटिएको छ । सापकोटा कुशल सेफ र सफल रेष्टुरेन्ट ब्यवसायी हुन् । पोर्चुगलको राजधानी लिस्बनमा रहेको उनको रेष्टुरेन्ट ‘फोर्नो द ओरो’ युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२ औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा परेको छ ।

केही अघि मात्रै पोर्चुगलमा खानाको हीरा भनेर चिनिने बहुमुल्य च्याउ पत्ता लगाएर उनी थप चर्चामा आएका छन् ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम साझा कथा युट्युब च्यानलमा हेर्न सकिन्छ । कार्यक्रम मुभ मिडिया प्रालि र अल थ्री मिडिया घर प्रालिले संयुक्त रुपमा उत्पादन गरेको हो ।

कार्यकारी निर्माता विवेक रेग्मीले कार्यक्रममा समेटिने पौरखी कथा संसारभरि छरिएका नेपालीका लागि प्रेरणा वन्ने बताएका छन् । कार्यक्रमले उनीहरुसँग भएको ज्ञान र सीपलाई स्वदेशसँग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?