+
+

‘ब्ल्याकपिंक’की लिसाको टिकटकमा नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १२:५३
बीटीएसका जंककुकसँग ब्ल्याकपिंककी लिसा

काठमाडौं । ‘ब्ल्याकपिंक’की लिसा सोसल मिडिया स्टार हुन् । उनको पोस्टमा हुने प्रशंसकको इन्गेजमेन्टले के–पप स्टारको रुपमा उनको विश्वव्यापी लोकप्रियतालाई पुष्टि गर्छ ।

लिसाले टिकटकमा सबैभन्दा छिटो एक मिलियन फलोअर्स कमाउने बीटीएसको गिनिज बुक वर्ल्ड रेकर्डको कीर्तिमानलाई तोडेकी छन् । लिसा इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएको के–पप आइडल पनि हुन् । आइडल मात्र होइन, इन्फ्लुएन्सर पनि हुन् ।

लिसाले हालै टिकटकमा एकाउन्ट खोलिन् र नयाँ भिडियो पोस्ट गरिन् । दुई घण्टा १८ मिनेटमै यो एकाउन्टलाई १० लाखभन्दा बढीले फलो गरेका छन् ।

यो कीर्तिमान यसअघि बीटीएसको नाममा थियो, जसले ३ घण्टा ३१ मिनेटमा यो उपलब्धि हासिल गरेको थियो । लिसाका लागि यो रेकर्ड नयाँ कोसेढुंगा सावित भएको छ । किनभने उनी सबैभन्दा छिटो एक मिलियन फलोअर्स पुग्ने टिकटक सेलिब्रेटी बनेकी छन् ।

लिसाले आफ्नो पहिलो टिकटक पोस्टसँगै सोलो कमब्याकबारे संकेत गरेकी छन् । यसअघि इन्स्टाग्राम स्टोरीमा उनले ‘लिसा कमिङ सुन’ लेख्दै यो संकेत गरेकी थिइन् ।

स्पोटीफाइ र एप्पल म्युजिकमा समेत उनले आफ्नो म्युजिक प्रोजेक्टबारे यसअघि उल्लेख गरेकी छन् । सन् २०२१ को ‘ललिसा’पछि उनको यो एकल रिलिज हुनेछ । उनी आफैंले स्थापना गरेको लेबल ‘लाउड’को पनि यो पहिलो रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?