+
+

बजेट प्रस्तुत गर्दाको झोला नै गाँजाबाट बनेको हो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १३:०४

२५ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा गरेका छन् ।

प्रतिनिधि सभाको कृषि समितिले  बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन गर्‍यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो ।’

उनले गाँजाको उत्पादन गाउँगाउँमा भइरहेको बताए । अप्रत्यक्ष रूपमा गाउँगाउँमा गाँजा खेती हुने सामान्य जस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने उनले बताए ।

‘अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई बिस्तारै कानुनी व्यवस्था गर्दै जाउँला,’ अर्थमन्त्री पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?