+
+

८ बुँदे माग राखेर काठमाडौं विश्वविद्यालयमा नेविसंघको रिले अनसन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १३:२४

२५ जेठ, काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ८ बुँदे माग राख्दै काठमाडौं विश्वविद्यालयको केन्द्रिय कार्यालय धुलिखेलमा रिले अनसन गरिरहेको छ ।

पाँच दिनअघिदेखि रिले अनसन गरिरहेको नेविसंघले परीक्षा संचालन तथा मर्यादा कायम गर्न आवश्यक व्यवस्था मिलाउन, पुर्नयोग र पुनःपरीक्षणपछि प्राप्ताङ्कको प्रकाशन १ हप्ताभित्र हुनुपर्ने, परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सकिएको एक महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने, मौका परीक्षाको हकमा परीक्षाफल प्रकाशन भएको एक महिनाभित्र परीक्षा हुनुपर्ने लगायतका माग राखेको छ ।

भर्खरै सम्पन्न भएको एमबीबीएस स्नातक तहको परीक्षामा तेस्रो वर्ष पाँचौं वर्षको विद्यार्थीहरुको परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयलाई गम्भीरतापूर्वक छानबिन हुनुपर्ने र संलग्नलाई कारबाहीको माग गर्दै रिले अनसन बसेको नेविसंघ काठमाडौं विश्वविद्यालय स्कूल अफ ईन्जिनियरिङ्का अध्यक्ष नोएल भट्टराईले बताए ।

नेविसंघले आन्दोलन थालेपछि चौथो वर्षको विद्यार्थीको अन्तिम परीक्षाफल ट्रान्सक्रिप्ट माइग्रेसन लगायत शैक्षिक प्रमाणपत्र प्रदान गर्न थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?