+
+

‘जेरी अनटप’मा आँचल अनुबन्धित, असार ६ देखि छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १३:३२

काठमाडौं । रोमान्टिक फिल्म ‘जेरी अनटप’मा मुख्य कलाकारको लाइनअपले पूर्णता पाएको छ । फिल्मको शीर्षमध्येको भूमिकामा आँचल शर्मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता र आँचलबीच लिखित सम्झौता भएको छ ।

यसअघि यो फिल्ममा अनमोल केसी र आना शर्मा तय भइसकेका छन् । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो फिल्ममा आना र आँचलले अनमोलसँग अनस्क्रिन रोमान्स गर्नेछन् । आँचल र अनमोलबीच पहिलोपटक सहकार्य हुनेछ ।

निर्माता सरोज न्यौपानेले शीर्षमध्येको भूमिकामा आँचल जोडिएको बताए । असार ६ गतेदेखि छायांकन सुरु हुने फिल्मको निर्देशकमा ‘फर्की फर्की’ फेम्ड सुयोग गुरुङ छन् । काठमाडौं, लुक्ला र मुस्ताङमा छायांकन हुँदैछ ।

क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् । फिल्मको निर्माणमा न्यौपाने र दीपक भण्डारीले सहकार्य गर्दैछन् । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?