+
+

पूर्व फुटबल खेलाडी गंगालाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १४:१७

२५ जेठ, काठमाडौं । नेपाल महिला फुटबल संघको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गंगा गुरुङलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

महिला फुटबल संघका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट संकलित १ लाख ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको महिला फुटबल संघकी महासचिव विना श्रेष्ठले जानकारी गराइन् ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने खेलाडी तथा महिला फुटबल संघकी अध्यक्ष पेम्बा डोल्मा लामाले जमुनालाई नगद हस्तान्तरण गरिन् । अध्यक्ष लामाले रकम हस्तान्तरणपछि गंगाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद दिइन् ।

सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य, पूर्व कप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको पनि उपस्थिति रहेको थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?