+
+

सेयर कारोबार लागि टीएमएस चलाउने संख्या २२ लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १४:४९

२५ जेठ, काठमाडौं । दोस्रो बजारमा सेयर कारोबारका लागि अनलाइन प्रणाली (टीएमएस)को युजर आईडी लिनेको संख्या २२ लाख नाघेको छ । वैशाख मसान्तसम्म २२ लाख १६ हजार २४७ जनाले युजर आईडी लिएको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले ३२ औं वार्षिकोत्सवका अवसरमा प्रकाशन गरेको लेख विशेषाङ्कअनुसार एक वर्षको अवधिमा टीएमएस लिनेको संख्या करिब ५ लाख बढेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कुल १७ लाख ३ हजार ५०६ जनाले युजर आईडी लिएका थिए ।

त्यस्तै वैशाख मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ६२ लाख ७२ हजार ३५१ पुगेको छ । आर्थिक वर्ष २०७९/८० सम्म ५६ लाख ६५ हजार ४८६ थियो । वैशाख मसान्तसम्म मेरो सेयर खाता खोल्नेको संख्या ५३ लाख २२ हजार ९६९ पुगेको बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७९/८० सम्म यो संख्या ४७ लाख ४१ हजार ५५ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?