+

न्युयोर्कको पिच गुणस्तरहीन भएको आईसीसीद्वारा स्वीकार

२०८१ जेठ  २५ गते १५:०२ २०८१ जेठ २५ गते १५:०२
न्युयोर्कको पिच गुणस्तरहीन भएको आईसीसीद्वारा स्वीकार

२५ जेठ, काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी-२० विश्वकप अन्तर्गत न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट मैदानमा हालसम्म प्रयोग भएका दुईवटा पिचहरू गुणस्तरहीन रहेको स्वीकार गरेको छ ।

यस्तै आईसीसीले उक्त स्थानमा हुने टी-२० विश्वकपका बाँकी खेलहरूका लागि यो समस्यालाई समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ ।

आईसीसीले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म प्रयोग गरिएका पिचहरू हामी सबैले चाहेजस्तो कन्सिस्टेन्ट खलका छैनन्।’ भारत र आयरल्याण्डले अत्यन्तै कठिन विकेटमा आफ्नो समूहको पहिलो खेल  खेलेपछि हामीले विज्ञप्ती सार्वजनिक गरेका हौ । हिजोको खेल समाप्त भएपछि नै विश्वस्तरीय ग्राउण्डम्यानको टोलीले परिस्थितिलाई समाधान गर्न र बाँकी खेलहरूको लागि सम्भव भएसम्म उत्कृष्ट पिच बनाउन प्रयास गरिरहेका छन् ।’

पार्क ल्याण्डमा पाँच महिनाको अवधिमा निर्माण गरिएको नयाँ भेन्यु न्युयोर्कमा दक्षिण अफ्रिका र श्रीलंकाबीच ३ जुनमा पहिलो खेल खेलिएको थियो । जसको ड्रप इन पिच फ्लोरिडामा तयार पारेर त्यहाँ पुर्‍याइएको थियो । उक्त खेलमा श्रीलंका पिच नम्बर-१ मा ७७ रनमा अलआउट भएको थियो र दक्षिण अफ्रिकाले १६.२ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

यस्तै ५ जुनमा पिच नम्बर-४ मा भएको खेलमा भारतले आयरल्याण्डलाई ९६ रनमै अलआउट गर्‍यो र उक्त खेल सजिलै ८ विकेटले जित्यो । जहाँ भारतका कप्तान रोहित शर्मा र विकेट किपर ऋषभ पन्तले निक्कै अप्ठेरो झेल्नु परेको थियो ।

रोहित शर्मा त बलले हातमा लागेपछि रिटायर हर्ट नै भएका थिए । भारतका जसप्रित बुमराहले बाउन्सर पेस गर्दा आयरल्याण्डका ह्यारी टेक्टरको पनि औंलामा लागेको थियो ।

भारत र आयरल्याण्डबीचको खेलपछि नासाउ काउन्टीको पिचबारे धेरै आलोचना हुन थालेको छ । इएसपीएनको टाइम आउटमा एन्डी फ्लावरले यो पिसचलाई ‘खतरनाक’ भनेका थिए । पिच नम्बर २ र ३ अझै प्रयोगमा आइसकेको छैन । दुईमध्ये  १ नम्बर पिचमा घाँस काटिएको देखिएको छ ।

अब ९ जुनमा हुने भारत र पाकिस्तनसहित अन्य ६ समूह चरणका खेलहरू न्‍युयोर्कमा खेलाइने कार्यक्रम तय गरिएको छ ।

क्रिकेट मैदान न्युयोर्क पिच गुणस्तरहीन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय