+
+

जनता भ्रमित गरेर शोषण गर्ने माध्यम बनाउँदा सहकारीमा विकृति देखा पर्‍यो : प्रधानमन्त्री

मेरै पार्टीको साथीहरूले सहकारी खोलेर सबैभन्दा धेरै सताए

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १८:१०

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी संस्था जनता भ्रमित गरेर शोषण गर्ने माध्यम बनाउँदा विकृति देखिएको बताएका छन् ।

सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारी पनि नाफा कमाउने पूँजीवादी बैंक जस्तो भएको बताए ।

‘सहकारीलाई सहकारीको मूलभूत मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर नाफा कमाउन पूँजीवादी बैंक जस्तो बनाइयो,’ उनले भने, ‘सहकारी कुनै न कुनै तरिकाले जनतालाई भ्रमित गर्ने र शोषण गर्ने माध्यम बनाएपछि विकृति देखापर्नु नै थियो । विकृति अपरिहार्य थियो त्यो देखापर्‍यो ।’

प्रधानमन्त्री प्रचण्डले आफू पनि सहकारी पीडित भएको महसुस भएको बताए । सहकारीमा कुनै पार्टी विशेषभन्दा पनि आफू आफ्नै साथीहरूबाट सहकारी पीडित बनेको सुनाए ।

‘सहकारीमा यो र त्यो पार्टी भन्ने मात्रै छैन । हाम्रो पार्टीसँग सम्बन्धित साथीहरूले पनि सहकारी खोलेर काम गर्ने भनेर सुरु गर्नुभयो,’ उनले भने, ‘म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ । पार्टी नेतृत्व र मलाई सहकारी खोल्ने साथीले जति अरूले सताएका छैनन् ।’

उनले अहिलेको संरचनाबाट सहकारी समस्या समाधान नहुने र सहकारी आन्दोलनले पुनर्जीवन नपाउने सरकारको निष्कर्ष रहेको बताए ।

‘सबै ब्युरोक्रेसी, सम्बन्धित मन्त्रालय र सचिव समेतसँगको छलफलबाट सहकारी प्राधिकरण बनाएर सहकारी क्षेत्रलाई सशक्त रूपमा लैजानुको विकल्प छैन भन्ने निष्र्कषमा पुगेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारी बोर्ड, सहकारी विभाग लगायत सबैलाई एकीकृत गरेर शक्तिशाली प्राधिकरण बनायौं भने सहकारी आन्दोलनलाई पुनर्जीवन दिन सकिन्छ । प्राधिकरण बाहेक अहिलेको विद्यमान संरचनाबाट सहकारी आन्दोलनलाई पुनर्जीवन दिन सम्भव छैन ।’

केही समयमै सहकारी प्रधिकरण बनाउने प्रक्रिया अगाडि बढ्छ भन्ने विश्वासमा आफू रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?