+

एनभीए लिगको अन्तिम खेलमा पनि कोशी पराजित

२०८१ जेठ  २५ गते १६:२७ २०८१ जेठ २५ गते १६:२७
एनभीए लिगको अन्तिम खेलमा पनि कोशी पराजित

२५ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगमा बूढानीलकण्ठ भलिबल क्लबसँग कोशी प्रदेश ३–२ ले पराजित भएको छ ।

पहिलो पटक एनभीए लिग खेलेको कोशीले अन्तिम खेलमा भने निकै प्रतिस्पर्धात्मक खेल खेलेको थियो ।

यससँगै बूढानीलकण्ठ लिगमा सातौं भएको छ । कोशी अंक तालिकाको पुछारमा रह्यो । बाँकी ६ खेल हारेको बूढानीलकण्ठले अन्तिम खेलमा भने कोशीलाई हराएको हो ।

२३–२५, २५–१२, १२–२५, २५–१८ र १६ १४ ले बूढानीलकण्ठले अन्तिम खेल आफ्नो पक्षमा पारेको हो ।

आज महिलातर्फ बिहान २ खेल भए । जसमा पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मीलाई हरायो भने नेपाल पुलिस एभरेष्टसँग पराजित भयो ।

लिगमा महिला र पुरुषतर्फ दुवैको फाइनल खेल शनिबार हुनेछ ।

महिलातर्फको फाइनल शनिबार १ बजे हुनेछ भने पुरुषतर्फको फाइनल ३ बजे हुनेछ ।

तेस्रो स्थानको लागि पनि शनिबारै खेल हुनेछ ।

विजेता टिमले ८ लाख रूपैयाँ पाउने छ भने दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय