+
+

युट्युबले हटायो झण्डै ३ करोड भ्युज पाएको चाहत फतेह अली खानको गीत ‘बडो बडी’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १६:३१

काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघनको कारण देखाउँदै युट्युबले पाकिस्तानी मूलका बेलायती गायक चाहत फतेह अली खानको गीत ‘बडो बडी’लाई प्लाटफर्मबाट हटाएको छ । यो गीत पछिल्लो समय भाइरल बनिरहेको थियो ।

हटाइनुपूर्व यो गीतलाई २ करोड ८० लाख पटक हेरिएको थियो । सार्वजनिक भएको दुई महिनामै यो गीत सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।

भिन्न शैलीको यो गीतलाई लिएर धेरैले आ–आफ्नो प्रतिक्रिया दिइरहेका थिए । कतिले यसलाई मनोरञ्जनको साधनको रुपमा लिए भने कतिपयले बेतुकको गीत भन्दै आलोचना पनि गरिरहेका थिए ।

यो गीतलाई पाकिस्तानी गायिका मलिका तारामन नूरजेहनको ‘अख लडी बडो बडी’बाट लय र शब्दसँग मिल्दोजुल्दो ढंगले उतारिएको आरोप छ । पाकिस्तानी सञ्चारमाध्यमले यो गीत सन् १९७३ मा सार्वजनिक भएको फिल्म ‘बनारसी ठग’ समावेश गरिएको उल्लेख गरेका छन् ।

‘बडो बडी’ गीतमा मोडल वजधन रावलाई फिचर गरिएको छ, जसले हालै चाहत फतेह अली खानविरुद्ध गम्भीर आरोप लगाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?