+
+

संसद्को लेखा समितिमा उठ्यो गिरीबन्धु टी–इस्टेटको विषय

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १७:१७

२५ जेठ, काठमाडौं । गिरीबन्धु टी–इस्टेटको विषय संसदीय समितिमा उठेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा कांग्रेस सांसदहरूले गिरीबन्धु टी–इस्टेटको विषयमा छलफलको माग राखेका हुन् ।

‘गिरीबन्धु टी–इस्टेटको विषय आएको छ । यसमा पनि छलफल आवश्यक छ,’ कांग्रेस सांसद राजेन्द्रकुमार केसीले भने । उनले गिरीबन्धु टी–इस्टेटको विषयमा के कसो भएको हो, त्यसको जानकारी सरकारसँग माग गर्नुपर्ने र त्यसआधारमा छलफल गर्नुपर्ने प्रस्ताव पनि राखेका छन् ।

झापाको गिरीबन्धु टी–इस्टेटको जग्गा कानुन बनाएर ३४३ बिघा १० कठ्ठा जग्गा अन्य ठाउँमा सट्टापट्टा गर्न सकिने बाटो खोलिएको थियो ।

२४ माघ २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारले दिएको उक्त स्वीकृति बदर गरिदिएको थियो । २०८१ वैशाख अन्तिम साता त्यसको पूर्णपाठ सार्वजनिक भयो । जसमा गिरीबन्धु टी–इस्टेटको जग्गा सट्टाको निर्णयलाई नीतिगत भ्रष्टाचार भनिएको छ ।

यससँगै कांग्रेसले गिरीबन्धु टी–इस्टेटको विषय निरन्तर उठाइरहेको छ ।

लेखा समितिको बैठक औपचारिक रूपमा सुरु नहुँदै कांग्रेस सांसद श्यामकुमार घिमिरेले गिरीबन्धु टी–इस्टेटको विषयमा के गर्ने हो भनेर समिति सभापति ऋषिकेश पोखरेलसँग कुरा राखेका थिए ।

‘सभापतिज्यू हामीले गिरीबन्धु टी–इस्टेटको विषयमा छलफल गर्नुपर्ने हो कि ?’ घिमिरेले भने ।

समिति सभापति पोखरेलले जवाफ फर्काए, ‘छलफल गर्नुपर्ने भए गरौंला के छ र ! मन्त्रीलाई नै बोलाउँला, निर्णय के भएको रहेछ मगाएर हेरौंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?