+
+

सरकारविरुद्ध एनसेलको मुद्दाको पूर्ण सुनुवाइ २९ गते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १८:०४

२५ जेठ, काठमाडौं । एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि २९ जेठमा पेसी तोकिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले शिघ्र सुनुवाइ गरी टुङ्ग्याउनुपर्ने भएकाले २९ गते पेसी तोक्ने निर्णय गरेको हो ।

रिटमाथि विपक्षीहरूको जवाफसमेत आइसकेको सर्वोच्चले जनाएको छ ।

आफूमाथि अनावश्यक कर निर्धारण गर्न खोजेको भनी एनसेलले २७ पुस २०७८ मा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको थियो । रिट निवेदनमाथि सर्वोच्च अदालतको शुक्रबारको इजलासले ‘शिघ्र सुनुवाइ गरी टुङ्ग्याउनुपर्ने’ भन्दै २९ गते निरन्तर सुनुवाइका लागि पेसी तोक्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?