+

आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

२०८१ जेठ  २५ गते १८:१४ २०८१ जेठ २५ गते १८:१४
आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

२५ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै टिपटप हेल्प नेपाल फाइनल प्रवेश गरेको छ ।

टिपटपले आर्मीसँग २५–१७, २५–१५ र २५– २१ को जित हात पारेको हो ।

लिगमा ७ खेलमा ६ खेल जित्दै टिपटप हेल्प नेपाल फाइनल प्रवेश गरेको छ । यस जितसँगै टिपटप १९ अंकसहित शीर्ष स्थानमा छ ।

आर्मीको भने यो तेस्रो हार हो । आर्मी भने उपाधि होडबाट बाहिरिसकेको छ ।

लिग चरणको अन्तिम खेल विभागीय टिम नेपाल पुलिस र गण्डकी प्रदेशबीच हुनेछ ।

यस खेलमा सोझो सेट वा ३–१ ले जितेमा पुलिस फाइनल पुग्नेछ भने खेल हारेमा वा पाँच सेटमा खेल जिते पनि पुलिस उपाधि होडबाट बाहिरिने छ ।

आज महिलातर्फ भएका लिग चरणको अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मीलाई हरायो भने दोस्रो खेलमा नेपाल पुलिस क्लब एभरेष्टसँग पराजित भयो ।

पुरुषतर्फको यस अघिको खेलमा बूढानीलकण्ठले कोशी प्रदेशलाई ३–२ ले हराएको छ । दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई ३–० ले हरायो ।

लिगको महिला र पुरुषतर्फ दुवैको फाइनल खेल शनिबार हुनेछ ।

महिलातर्फको फाइनल शनिबार १ बजे हुनेछ भने पुरुषतर्फको फाइनल ३ बजे हुनेछ । तेस्रो स्थानको लागि पनि शनिबारै खेल हुनेछ ।

विजेता टिमले ८ लाख रूपैयाँ पाउने छ भने दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय