+
+

मेयर्स फोरमसँग प्रधानमन्त्रीले भने : वित्तीय समानीकरण अनुदान कटौती हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १९:११

२५ जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वित्तीय समानीकरण अनुदान कटौती नहुने बताएका छन् ।

काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च ‘भ्याली मेयर्स फोरम’ टोलीसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

काठमाडौंको उपत्यकाको स्थानीय तहका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले समानीकरण अनुदान नकाट्ने प्रतिबद्धता जनाएका हुन ।

फोरमको तर्फबाट सहभागी प्रमुख तथा उपप्रमुखहरूले स्थानीय तहको अधिकारमा संघले हस्तक्षेप गर्न नहुने बताएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आयोजना गरेको छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकार र स्थानीय सरकारको भूमिकाबारे पनि छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय संघीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘फोहोर व्यवस्थापनसम्बन्धी कामको समन्वय संघीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ । सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ । लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ ।’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले विद्युत् प्राधिकरणसँगको महसुलको विषयमा पनि छलफल गरेको थियो ।

गएनन् बालेन

मेयर्स फोरमको टोली प्रधानमन्त्री कार्यालय पुग्दा काठमाडौंका मेयर बालेन साह भने सहभागी भएनन् ।

उपप्रमुख सुनिता डंगोल सहभागी भएपनि मेयर बालेन सहभागी नभएका हुन् ।

‘बिहान शिक्षासम्बन्धी कार्यक्रम थियो, दिउँसो करिडोरमा पूर्वाधार सम्बन्धी काम थियो । नागरपोखरी ढल बनाउँदा धुलो भयो भन्ने गुनासो सम्बोधन गर्न मेयर व्यस्त हुनुहुन्थ्यो,’ बालेनको सचिवालयले भन्यो, ‘त्यही भएर मेयर सा’ब नजानु भएको हो ।’

सचिवालयले बजेट निर्माणको समय र महानगरको कामको कारण व्यस्त भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?