+
+

गोरखकाली रबर उद्योग सञ्चालन गर्न विप्लव नेतृत्वको नेकपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १९:३३

२५ जेठ, गोरखा । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गोरखकाली रबर उद्योग सञ्‍चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

शुक्रवार मझुवास्थित रबर उद्योग अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन पश्चात कोणसभा गर्दै उनीहरुले चुनावी भाषणमा रबर उद्योग खुलाउने प्रतिवद्धता जनाए पनि प्रयत्न भने नभएको भन्दै बिरोध जनाए ।

‘गोरखाबाटै जितेर जानुभएका नेता प्रधानमन्त्री, उपप्रधानमन्त्री, मुख्यमन्त्री, सभामुख हुनुभएको छ । उहाँहरु सबैले हरेक चुनावी कार्यक्रममा गोरखकाली रबर उद्योग खुलाउने प्रतिवद्धता जनाउनु भएको थियो’, पार्टीका जिल्ला सेक्रेटरी काजी सीले भने, ‘चुनाव जितेर गएपछि पनि दुई पटक बजेट ल्याइसक्नुभयो तर रबर उद्योग सञ्चालन गर्न बजेट विनियोजन भएको छैन ।’

तत्काल एउटा ठोस मोडालिटी बनाएर पुनः सञ्चान प्रक्रियामा जान उनले आग्रह गरे । गत दश बर्षदेखि बन्द रहेको उद्योग सञ्चान गर्न आग्रह गर्दै उनले मागलाई वेवास्ता गरे चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिए । उद्योग गत २०७१ चैतदेखि पूर्ण रुपमा बन्द रहेको छ ।

उद्योग सञ्चालनको माग गर्दै उनीहरुले गोरखाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?