
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की र बेनिशा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा यी दुई अभिनेत्रीलार्ई अभिनयमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन् । भिडियोमा यी प्रियंका र बेनिशाको हट अवतार देख्न सकिन्छ ।
गोविन्द भट्ट गीतकार हुन्, भने बाबुल संगीतकार । भिडियोमा प्रियंका र बेनिशासँग दुबैको जोडी सुहाएको देख्न सकिन्छ ।
गीतमा संगीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ । गीतको एरेन्ज धनबहादुर गिरीले गरेका हुन् । गरिमा फिल्म्सले निर्माण गरेको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4