+

श्रीलंकाले बंगलादेशलाई दियो १२५ रनको लक्ष्य

२०८१ जेठ  २६ गते ८:०३ २०८१ जेठ २६ गते ८:०३
श्रीलंकाले बंगलादेशलाई दियो १२५ रनको लक्ष्य

२६ जेठ, अमेरिका – श्रीलंकाले आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशलाई १२५ रनको लक्ष्य दिएको छ । डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १२४ रन बनायो ।

श्रीलंकाका ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अन्य कुनैपनि श्रीलंका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र दासुन शानकाले ३ रन बनाए । एन्जिलो म्याथ्युजले १९ बलमा १६ रन बनाए ।

श्रीलंका एक समय ८.४ ओभरमा ७०–२ को अवस्थामा थियो । मुश्ताफिजुर रहमानले पाथुम निसांकालाई आउट गरेपछि श्रीलंकाले आक्रामक क्रिकेट खेल्न सकेन । दबाबमा ठूलो सटको धुनमा निरन्तर विकेट गुमायो ।
बंगलादेशका लेग स्पिनर रिशाद हसनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । तस्किन अहमदले २ र तान्जिम हसन सकिबले १ विकेट लिए ।

आईसीसी टी–२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय