+
+

जसपा नेपालको पदाधिकारी र सदस्यको उम्मेदवार हुन यस्ता छन् मापदण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २६ गते १२:१४

२६ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको मापदण्ड निर्धारण गरेको छ ।

जनसपा नेपालले यही जेठ २८ गते जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा उम्मेदवार बन्नेहरूका लागि मापदण्ड तोकेको हो ।

पार्टी विधानको धारा २५  अनुसार न्यूनतम योग्यता निर्धारण गरिएको प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

मापदण्डअनुसार केन्द्रीय पदाधिकारीका लागि उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेश/राष्ट्रिय समितिको अध्यक्ष भई कम्तिमा पाँच वर्ष काम गरेको हुनुपर्ने छ ।

त्यसैगरी केन्द्रीय समितिको सदस्यको उम्मेदवार बन्न सङ्गठित पार्टी सदस्य भई कम्तिमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेश/राष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्ने छ ।

महिला, दलित, श्रमिक, मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने लगातार पाँच वर्ष वा एक कार्यकाल जिल्ला समिति वा प्रदेश/राष्ट्रिय समिति वा जनवर्गीय सङ्गठनका केन्द्रीय समितिका पदाधिकारी भई काम गरेको भए पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?