+

आरसीटीको पहिलो ग्रासरुट कार्यक्रम सकियो, फेरि सञ्चालन गर्ने

२०८१ जेठ  २६ गते १६:०८ २०८१ जेठ २६ गते १६:०८
आरसीटीको पहिलो ग्रासरुट कार्यक्रम सकियो, फेरि सञ्चालन गर्ने

२६ जेठ, काठमाडौं । अन्नपूर्ण आरसीटी क्लबले नयाँ तथा युवा फुटबल खेलाडी उत्पादनका लागि अझ परिस्कृत ग्रास रुटस्तरका प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

क्लबले सञ्चालन गरेको पाँच महिना लामो पहिलो चरणको ग्रास रुट कार्यक्रम शनिबार समापन गरेको छ । त्यसको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र र पदक प्रदान गरिएको थियो ।

कुल १३० खेलाडीको सहभागिता रहेको प्रशिाक्षण कार्यक्रममा २२ बालिका थिए । आठ वर्षदेखि १४ वर्षसम्मका खेलाडीको सहभागिता रहेको कार्यक्रमलाई नौ फुटबल प्रशिक्षकले सञ्चालन गरेका थिए ।

त्यसमा मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठ रहेका थिए । समापन समारोहमा क्लबका अध्यक्ष सुरेशकाजी शाक्यले थप ग्रास रुट कार्यक्रम गर्ने योजना रहेको बताए ।

काठमाडौंमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आरसीटीले कार्यक्रमको आयोजना गरेको हो । काठमाडौं महानगरको सहयोग तथा लैनचोर युवा क्लब र बाँसबारी क्लबको सहकार्यमा भएको कार्यक्रम गत वर्षको माघ महिनामा सुरु भएको थियो ।

आरसीटी नेपालको घरेलु फुटबलमा सर्वाधिक सफल क्लबमध्ये एक हो ।

आरसीटी ग्रासरुट फुटबल फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय