+
+

पाल्पामा तिनाउ खोलामा डुबेर भारतीय पर्यटकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २६ गते १८:१७

२६ जेठ, पाल्पा । पाल्पा घुम्न आएका भारतीय पर्यटकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमद रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो १२ बजेतिर दुई जना साथीसँगै पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा अहमद खोलामा डुबेका थिए । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । तिनाउ खोलामा नुहाउने क्रममा यो वर्ष वैशाखदेखि हालसम्म ५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?