+
+

कोशी नाम खारेजीको माग गर्दै विराटनगरमा राजेन्द्र महतो समूहको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २६ गते १९:३५

२६ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच-मधेश ब्यूरोले कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै शनिबार विराटनगरमा प्रदर्शन गरेको छ ।

विराटनगर बजार परिक्रमा गरी महेन्द्रचौकमा टेम्पु र्‍यालीसहितको विरोधसभामा सम्बोधन गर्दै संयोजक महतोले एकल राष्ट्रिय राज्यको चरित्र बद्लेर बहुल राष्ट्रिय राज्यको स्वरुप धारण नगरेसम्म आम नागरिकले परिवर्तनको महसुस गर्न नसक्ने बताए ।

मधेशी, लिम्बु, राई, कोचले पहिचान मागेकाले त्यसै अनुसार नयाँ नाम राख्नुपर्ने र कोशी खारेज गर्नुपर्ने उनले बताए । सभालाई सम्बोधन गर्दै नेता केशव झाले कोशी प्रदेशको नामकरण मात्रै होइन सीमांकन पनि त्रुटिपूर्ण रहेको बताए ।

कार्यक्रममा कमला गुरुङ, राजीव झा, सुमन सायमी, सन्तोष मेहता, सीएन थारु, चन्द्रप्रसाद राजवंशी बुद्धछिरिङ मोक्तान, केवल राई, दिपेन्द्र चौधरी, चुन्नि खातुन, सनम लिम्बु, सत्यनारायण साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?