+
+

प्रकाश सपुतले रुम्जाटारबाट थाले ‘पूर्णबहादुरको सांरगी’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २६ गते २०:२७

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’को छायांकन सुरु भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुंगा जिल्लाको रुम्जाटारबाट छायांकन थालिएको हो ।

छायांकनको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपुत र बालकलाकार जान्भी पौडेल दिएका थिए । फिल्ममा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइलीको पनि शीर्ष भूमिका छ ।

विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल पनि छन् ।

निर्देशक तथा पटकथा लेखकको रुपमा सरोज पौडेल छन् । सोसल ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित हुने जनाइएको छ । फिल्मलाई वितरण कम्पनी समेत रहेको सेभेन सिजले निर्माण गर्न लागेको हो ।

अहिलेसम्म अनुबन्धित भएका सबै कलाकारलाई शीर्ष भूमिकामा देख्न सकिने निर्माता विनोद पौडेलले बताए । महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगी वादन हुनेछ ।

विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका लगानीकर्ता हुन् । कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ छन् । २०८२ सालभित्र प्रदर्शनको लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?