+
+

पत्रकारलाई गृहमन्त्री लामिछानेले भने– तपाईंका आफ्ना प्रश्नहरु भइदिए हुन्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते ११:०६

२७ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपहरुको सम्बन्धित ठाउँमा जवाफ दिने बताएका छन् । तर हरेक आरोपको जहाँ पायो त्यहीँ जवाफ नदिने उनले बताए ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुका जिज्ञासामा मन्त्री लामिछानेले विपक्षी नेपाली कांग्रेसले लगाएका आरोपबारे जवाफ दिनुपर्ने ठाउँमा दिने बताए ।

नेपाली कांग्रेसले सहकारीको ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेर संसदमा अवरोध गरिरहेको बेला यही जेठ ६ गतेको प्रतिनिधि सभा बैठकमा जवाफ दिएका छन् । मन्त्री लामिछानेले कांग्रेस नेताहरुलाई लक्षित गरी रातो पासपोर्ट दुरुपयोग, देशका सूचना चुहाएको, टीकापुरको सार्वजनिक जग्गा हिनामिना तथा वाइडबडी र नक्कली भुटानी शरणार्थी प्रकरणका कुरा गरेका थिए । त्यसमा आपत्ती जनाउँदै कांग्रेसले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको थियो ।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुले कांग्रेसले जवाफ मागिरहेको भन्दै गृहमन्त्री लामिछानेको प्रतिक्रिया मागेका थिए । त्यसमा मन्त्री लामिछानेले भने, ‘जवाफ दिनुपर्छ भनेर प्रतिपक्षले भनेको थाहा भएन । जवाफ दिनुपर्ने ठाउँमा दिँदै आएको हो, दिनुपर्ने भए दिउँला ।’

आफूले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा कसैको नाम नलिएको बरु सञ्चार माध्यममा आएका कुराहरुमात्र गरेको उनले बताए ।

देशका आन्तरिक सूचना चुहाउनेहरुमाथिको अनुसन्धान कहाँ पुग्यो भनेर सोधिएको प्रश्नमा उनले त्यो भन्ने कुरा नभएको बताए । ‘कारबाही अनुसन्धानको विषय कहाँ पुग्यो भन्ने कुरा त्यसको प्रक्रिया भइरहँदा भन्ने कुरा होइन,’ मन्त्री लामिछानेले भने, ‘अनुसन्धानका विषय यसरी पत्रकार सम्मेलन गर्दै भन्दै गइन्छ र ?

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाले हालै इन्स्टाग्राम भिडियोमा मन्त्री लामिछानेमाथि गरेका टिप्पणीको विषयमा सोधेका प्रश्नको जवाफ पनि उनले दिएनन् ।

उनले पत्रकारहरुलाई अरुका भन्दा आफ्ना प्रश्न सोध्न आग्रह गर्दै थप समय नखर्चिने बताए । ‘अरु प्रश्नहरु पनि छन् होलान् नि साथीहरु,’ उनले भने, ‘तपाईंहरुका आफ्ना प्रश्नहरु पनि भइदिए हुन्थ्यो, कसैले खडा गरिदिएको प्रश्न महिनौंसम्म सोधिरहनु भन्दा…।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?