+
+

कर्णालीको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ खच्चर फसे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते ११:५०
Photo Credit : डिलबहादुर थापा ।

२७ जेठ, काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।

यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए ।

‘सबै सुरक्षा निकाय, उद्धार टोलीदेखि लिएर छिमेकी जिल्लामा पनि सबैलाई जानकारी दिइसकेका छौं,’ उनले भने, ‘टोली त्यहाँ पुग्दै होला । बाँकी बुझ्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?