+
+

६१ लागे राजेश हमाल, ‘बेबी प्लान’बारे भन्छन्- बच्चा एडप्ट पनि गर्न सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १२:०३
जन्मदिनको अवसरमा आइतबार बिहान बूढानीलकण्ठ मन्दिरमा पूजाआजाका क्रममा राजेश हमाल दम्पती

काठमाडौं । अभिनेता राजेश हमालले आइतबार ६० औं जन्मदिन मनाउँदैछन् । पाल्पामा जन्मिएका हमालले मोडलिङ पृष्ठभूमिबाट फिल्म करिअरको थालनी गरे । राजु हुँदै राजेश बनेका उनले करिअरमा २३० फिल्ममा अभिनय गरेका छन् ।

‘युगदेखि युगसम्म’देखि अभिनय करिअर थालेका उनको पछिल्लो फिल्म ‘सीता’ हो । कूटनीतिज्ञ पिता चुडाबहादुर हमाल र आमा रेणुका छोरा राजेश हमालले ५० वर्षको उमेरमा विराटनगरकी मोडल मधु भट्टराईसँग विवाह गरेका थिए ।

उनका तीन दिदीबहिनी र एक भाइ छन् । पछिल्लो समय उनी फिल्मभन्दा टेलिभिजन कार्यक्रममा व्यस्त छन् । हिमालय टेलिभिजनमा उनको नयाँ टक शो ‘यो नेपाली शिर उचाली’को प्रसारण सुरु भएको छ भने भीएफवाई टक्सबाट विदेशी सुप्रसिद्ध व्यक्तिसँग संवाद गर्ने घोषणा उनले गरेका छन् ।

जन्मदिनको अवसरमा आइतबार बिहान राजेश र श्रीमती मधुले बूढानीलकण्ठ मन्दिरमा बालबालिकासहित पूजाआजा गरेका छन् । जन्मदिन अवसरमा सामाजिक सञ्जालबाट प्रशंसकले शुभकामना दिइरहेका छन् ।

बच्चा एडप्ट पनि गर्न सकिन्छ’

हमाल दम्पतीलाई पछिल्लो समय बच्चा कहिले पाउने भन्ने प्रश्नले पछ्याइरहेको छ । कूटनीतिक जवाफ दिंदै हमालले यी प्रश्नलाई पन्छ्याउँदै आएका छन् ।

केही दिनअघि आयोजित एक पत्रकार सम्मेलनका क्रममा हमाललाई अनलाइनखबरले उनको बेबी प्लानबारे जिज्ञासा राखेको थियो । उनले विवाहको १० वर्षसम्म पनि बच्चा नहुनु मधु र आफ्नो सल्लाहअनुसार भएको उनले बताएका छन् ।

‘अहिले जे भइरहेको छ, हाम्रो सल्लाहनुसार नै भइरहेको हो,’ उनले भने, ‘बच्चा एडप्ट गर्न सकिने विकल्प पनि छ ।’ अहिलेसम्म बच्चा नपाउनुको अर्थ आफू बच्चा विरोधी नभएको समेत उनले बताए ।

‘मलाई बेबी एकदम मनपर्छ,’ उनले भने । हमाल र मधुले १० वर्षअघि विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?