+
+

कोशी सरकारविरुद्धको रिट हेर्न नमिल्नेमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १२:२८
केदार कार्की

२७ जेठ, विराटनगर । सुनुवाइका लागि सर्वाेच्च अदालतको पूर्ण इजलासमा पुगेको कोशी सरकार गठन विरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको छ ।

सर्वाेच्च अदालतले पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलास तोकेको थियो ।

न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेका थिए । त्यही कारण आइतबार कार्कीको रिट हेर्न नमिल्नेमा परेको हो ।

२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परे पनि विश्वासको मत परीक्षण नगरेका कारण २६ वैशाखमा स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुखले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

२७ वैशाखमा नै मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित केदार कार्की सर्वाेच्च अदालत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?