+

हेरिटेस मोटर र्‍याली र नेसनल अटोक्रस च्याम्पियनसिप सम्पन्न

२०८१ जेठ  २७ गते १२:५८ २०८१ जेठ २७ गते १२:५८
हेरिटेस मोटर र्‍याली र नेसनल अटोक्रस च्याम्पियनसिप सम्पन्न

२७ जेठ, काठमाडौं। ललितपुर-चन्द्रागिरी हेरिटेज मोटर र्‍याली तथा नेसनल अटोक्रस च्याम्पियनसिप शनिवार चन्द्रागिरीमा सफल तापूर्वक सम्पन्न भएको छ ।

पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य शिशिर खनालले फ्ल्याग अफ गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । र्‍याली धोबीघाट-जावलाखेल-थापाथली-त्रिपुरेश्वर-न्युरोड जुद्धसालिक-ठमेल-बालाजु-स्वयम्भू-बल्खु-कीर्तिपुर–भत्केपाटी–मच्छेगाउ हुँदै मातातीर्थ पुगेर सम्पन्न भएको थियो ।

टिडिएस सिस्टमको सो मोटर र्‍यालीमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो, प्रवेश पौडेल र प्रज्वल पौडेल दोस्रो र आशिष भारती र गौरवमान तुलाधारको जोडी तेस्रो भए ।

त्यसैगरी चन्द्रागिरीकै मदन भण्डारी खेलमैदानमा भएको नेसनल अटोक्रस च्याम्पियनसिपमा मोटरस्पोर्ट्सका रेसिङ लाइसेन्स प्राप्त ड्राइभर्सहरूले आफ्नो स्पीड र स्किल प्रर्दशन गरेका थिए ।

अस्थायी ट्रर्याकमा ११ जना ड्राइभर्सलाई पछि पार्दै आशिष भारती नेसनल क्याटेगोरीमा प्रथम भएका छन् । चन्द्रागिरीकै विप्लक श्रेष्ठले दोस्रो स्थान पक्का गरे भने सोही ट्रर्याकमा भएको नोभिस क्याटेगोरीको रेसिङमा लाक्पा सोनम शेर्पा पहिलो र राजकुमार कार्की दोस्रो भए ।

उक्त तीनवटै विधाका विजयी र सहभागीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपाल र आयोजक क्लब एनएमएसआरका पदाधिकारीहरूले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित सो कार्यक्रमका विजयीलाई मोटो स्पोर्ट्सको एसिया प्यासिफिक अटो जिमखानामा सहभागी गराइने जानकारी कार्यक्रम संयोजक अनिल बरालले घोषणा गरे ।

पुरस्कार वितरण समारोह चन्द्रागिरीमा रहेर काठमाडौँ उपत्यकाभरि सक्रिय रहने गरी सुरु भएको वाइल्ड विस्स नेपाल क्लबलाई समेत सार्वजनिक गरियो ।

त्यसैगरी कार्यक्रममा वक्ताहरुले चन्द्रागिरीलाई साहसिक खेलको केन्द्र बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । यस्तै कार्यक्रममा सहभागि वक्ता, अतिथी तथा सहभागीहरुले नेपालको दिगो पर्यटनमा साहासिक खेलको महत्वबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

हेरिटेस मोटर र्‍याली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय