+
+

‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आउँदै नवाजुद्दिन सिद्दिकी  

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १३:१२
फाइल तस्वीर

काठमाडौं । बर्लिन फिल्म फेस्टिभलमा इतिहास रचेपछि मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ नेपालमा थिएट्रिकल रिलिज हुँदैछ । यो फिल्मलाई सेप्टेम्बर मध्यतिर नेपालमा रिलिज गर्ने तयारी छ ।

नेपाल रिलिजपछि फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा रिलिज गरिने निर्देशक भामले अनलाइनखबरलाई जानकारी दिए । रोचक के छ भने ‘शाम्बाला’को नेपाल प्रिमियरमा प्रसिद्ध भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकीले सहभागिता जनाउने पक्का भएको छ ।

निर्देशक भामले अभिनेता सिद्दिकी प्रिमियरमा सहभागी जनाउन नेपाल आउन लागेको जानकारी दिए । सिद्दिकीले बर्लिन फेस्टिभलमै ‘शाम्बाला’ हेरेपछि यसको प्रशंसा गरिसकेका छन् । त्यति मात्रै होइन, बर्लिनमा यो फिल्म हेरेपछि निर्देशक भामसँग फिल्म गर्ने चाहना पनि गरिसकेका छन् ।

सम्भवतः यो चाहना पूरा हुनेतर्फ उन्मुख देखिन्छ । भामका अनुसार सिद्दिकीको नेपाल आगमन दुई कारणले हुन लागेको हो । ‘शाम्बाला’ प्रिमियरबाहेक उनी भामसँगको नयाँ फिल्मको स्क्रिप्टबारे छलफल गर्न नेपाल आउन लागेका हुन् ।

यो फिल्मको तयारीकै लागि भाम नोभेम्बरमा मुम्बई जाँदैछन् । यसबारे उनले विस्तृत खुलाएका छैनन्, तर भाम र सिद्दिकीको यो जुगलबन्दी रोचक हुने अपेक्षा छ । यसबाहेक नेपाल प्रिमियर र स्क्रिप्टको लागि भामले प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानीलाई समेत प्रस्ताव गरेका थिए । तर हिरानी आउने नआउनेबारे केही खुलाइएको छैन ।

‘सिद्दिकी आउने कन्फर्म हो,’ भामले भने । ‘शाम्बाला’लाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?