+
+

युरो २०२४ का लागि स्पेनको अन्तिम टोलीमा अटाएनन् कुबार्सी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १३:१७

२७ जेठ, काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ ।

रोएल स्पानिस फुटबल फेडेरेसनले शनिवार २६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । टिम सार्वजनिक कार्यक्रममा टेनिस लेजेण्ड राफायल नाडालको पनि उपस्थिती छ ।

बार्सिलोनाका १७ वर्षीय डिफेन्डर पाउ कुबार्सी युरो भने युरो खेल्ने स्पेनको अन्तिम टोलीबाट बाहिरिएका छन् ।

यस्तै एट्लेटिको मड्रिडका मार्कोस लरेन्टे र गिरोनाका मिडफिल्डर एलेक्स गार्सिया पनि अन्तिम टोलीमा अटाएनन् ।

बुधबार अन्तर्राष्ट्रिय डेब्यु खेलमा गोल गरेका न्यूकासल र लेस्टर सिटीका पूर्व फरवार्ड अयोज पेरेज भने टिममा स्थान बनाउन सफल भए ।

स्पेनले युरो अघि शनिबार नर्थन आयरल्यान्डसँग खेलेकव अन्तिम मैत्रीपूर्ण खेल ५-१ ले जितेको थियो ।

स्पेनले जुन १५ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा क्रोएसियासँग खेल्दै युरो २०२४ को सुरुआत गर्नेछ । समूह बी मा रहेको स्पेनले त्यसपछि इटली र अल्बानियासँग खेल्नेछ ।

स्पानिस अन्तिम टोली

गोलकिपर : उनाई साइमन (एथलेटिक बिलबाओ), एलेक्स रेमिरो (रियल सोसिडाड), डेभिड राया (आर्सनल – ब्रेन्टफोर्डबाट लोनमा)

डिफेण्डर : ड्यानी कार्भाजल (रियल म्याड्रिड), जेसस नाभास (सेभिल्ला), अमेरिक लापोर्टे (अल-नासर), नाचो फर्नान्डेज (रियल मड्रिड), रोबिन ले नोर्मान्ड (रियल सोसिडाड), ड्यानी भिभियन (एथलेटिक बिल्बाओ), एलेक्स ग्रिमाल्डो (बायर लेभरकुसेन), मार्क कुकुरेला (चेल्सी)

मिडफिल्डर : रोड्रि (म्यानचेस्टर सिटी), मार्टिन जुबिमेन्डी (रियल सोसिडाड), फाबियन रुइज (पेरिस सेन्ट जर्मेन), मिकेल मेरिनो (रियल सोसिडाड), पेड्रि (बार्सिलोना), एलेक्स बेना (भिल्लारियल), फर्मिन लोपेज (बार्सिलोना)

फरवार्ड : अल्भारो मोराटा (एटलेटिको मड्रिड), जोसेलु (रियल मड्रिड), ड्यानी ओल्मो (आरबी लाइपजिग), निको विलियम्स (एथलेटिक बिलबाओ), मिकेल ओयार्जबाल (रियल सोसिडाड), अयोजे पेरेज (रियल बेटिस), फेरान टोरेस (बार्सिलोना), लामिन यामल (बार्सिलोना)

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?