+

यस्तो छ युरो खेल्ने इटलीको अन्तिम टोली

२०८१ जेठ  २७ गते १४:०८ २०८१ जेठ २७ गते १४:०८
यस्तो छ युरो खेल्ने इटलीको अन्तिम टोली

२७ जेठ, काठमाडौं । जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि साविक विजेता इटलीले अन्तिम टोली घोषणा गरेको छ ।

प्रशिक्षक लुसियानो स्पालेट्टीले घोषणा गरेको अन्तिम टोलीमा २०२१ मा युरो जितेका ९ खेलाडी परेका छन् ।

प्रारम्भिक टोलीमा परेका इभान प्रोभेडेल, सामुएल रिक्की र रिकार्डो ओरसोलिनीले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

अगस्ट २०२३ मा रोबर्ट म्यानसिनीले राजीनामा दिएपछि उनको स्थानमा आएका स्पालेट्टीले इटलीको प्रशिक्षकको रुपमा आफ्नो पहिलो मुख्य प्रतियोगिताको भूमिका निर्वाह गर्दैछन् ।

सन् २०२१ मा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर इटलीले युरो उपाधि जितेको थियो ।

इटलीसहित समूह बी मा स्पेन, क्रोएसिया र अल्बानिया छन् । इटलीले १५ जुनमा डर्टमण्डमा अल्बानियासँग पहिलो खेल खेल्नेछ ।

 इटलीको अन्तिम टोली

गोलकिपर : जियानलुगी डोनारुम्मा (पेरिस सेन्ट जर्मेन), एलेक्स मेरेट (नापोली), गुग्लिएल्मो भिकारियो (टोटेनहम)

डिफेन्डर : अलेसान्ड्रो बास्टोनी (इन्टर मिलान), राउल बेलानोभा (टोरिनो), अलेसान्ड्रो बुओन्गियोर्नो (टोरिनो), रिकार्डो कालाफिओरी (बोलोग्ना), एन्ड्रिया क्याम्बियासो (युभेन्टस), माटेओ डार्मियन (इन्टर मिलान), जियोभानी डी लोरेन्जो (नापोली), फेडेरिको डिकोमार्को (इन्टर मिलान), जियानलुका मान्सिनी (रोमा), फेडेरिको गाट्टी (युभेन्टस)

मिडफिल्डर : निकोलो बरेला (इन्टर मिलान), ब्रायन क्रिस्टान्टे (रोमा), निकोलो फागियोली (युभेन्टस), माइकल फोलोरुन्सो (भेरोना), डेभिड फ्राटेसी (इन्टर मिलान), जर्गिन्हो (आर्सनल), लोरेन्जो पेलेग्रिनी (रोमा)

फरवा र्ड : फेडेरिको चिएसा (युभेन्टस), स्टेफन एल शारावे (रोमा), जियाकोमो रास्पादोरी (नापोली), माटेओ रेटेगुई (जेनोआ), जियानलुका स्कामाक्का (एटलान्टा), माटिया जाकाग्नी (लाजियो)

इटली युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय