+
+

‘गाडीभित्र हुँदा ढुंगा हाने, निस्किनासाथ आगो लगाए’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १९:४६

२७ जेठ, विराटनगर । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी आइतबार विहान १० बजेपछि डेराबाट कार्यालयतर्फ आउँदै थिए । आयोगको कार्यालय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको छेउमा पर्छ । उनको निवास र कार्यालय नजिकै छ ।

निवासबाट कार्यालयतर्फ जाँदै गर्दा महेन्द्र मोरङ क्याम्पसको गेट अगाडि केही विद्यार्थी बसिरहेका थिए । आउजाउ सामान्य थियो । सधैं आउजाउ गरिरहने ठाउँ भएकाले उनी रोडशेष चोकतर्फबाट पश्चिमपट्टि कार्यालयतर्फ लागे । क्याम्पस अगाडिको अवस्था पहिलेको जस्तै सामान्य थियो ।

गेट अगाडि केही विद्यार्थी बसेका थिए । गेट अगाडि बसेका विद्यार्थीहरुले सरकारी गाडी आयो भनेको उनले सुने । त्यसपछि त्यो समूह दौडिएर गाडी भएतिर आयो । ढुंगामुढा गर्न थाले, अगाडि धेरै विद्यार्थी र सडक घुम्ती भएकाले चालकले गाडी भगाउन सकेनन् । चालक र उपाध्यक्ष गाडीभित्र हुँदै विद्यार्थीको समूहले तोड्फोड गर्‍यो ।

उपाध्यक्ष अधिकारीले घटना विवरण यसरी सुनाए :

म र चालक विहानको खाना खाएर निस्कियौं । कलेज अगाडि खासै भीड थिएन, विद्यार्थीहरु आफ्नो बाटो हिँडिरहेका थिए, क्याम्पस गइरहेका थिए । क्याम्पसको गेट नजिक विद्यार्थीहरु झुरुप्प थिए । हामी क्याम्पसको गेटको विपरीततर्फबाट गाडीमा आइरहेका थियौं ।

त्यही बेला भीडबाट ‘आयो आयो सरकारी गाडी’ भनेको सुनियो । १०-१२ जना कुदेर आइहाले । गुड्दा गुड्दै परबाट ढुंगाले हानीहाले । सिसा फुटिहाल्यो । सडक घुम्ती भएकाले चालकले गाडी स्लो गरेका थिए ।

गाडीको गति घटेका बेला ठूलो समूह गाडी भएकै ठाउँमा आएर आक्रमण गरे । हतारहतार म निस्किएँ । ड्राइभरलाई पनि निस्कन लगाएँ । ल्यापटप र केही कागजपत्र गाडीमै थियो, त्यो पनि हतार हतार निकालेँ । त्यसपछि उनीहरुले पेट्रोल छर्केर आगो लगाइहाले ।

गुडिरहेको गाडीमा छेकेर ढुंगामुढा गरे । त्यसपछि आगजनी गरे, यो त अराजक शैली भयो । त्यो विरोध कार्यक्रमका विषयमा हामीलाई जानकारी पनि थिएन । जानकारी भएको भए अर्के बाटो जान्थ्यौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?