+
+

मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १७:०१
त्रिभुवन साह

२७ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । साह सिरहाको क्षेत्र नं. ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा हुँदैछ ।

योसँगै अब मधेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?