+
+

४५ लाख ठगेको आरोपमा धापाखेलबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १७:०५

२७ जेठ, काठमाडौं ।  थुनामा रहेको व्‍यक्तिलाई छुटाइदिन्छु भन्‍दै ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-२३ धापाखेल बस्‍ने ४५ वर्षीय मुन्ना सिह भन्‍ने सुजित कुमार सिंह रहेका छन् ।

उनलाई विशेष सूचनाको आधारमा प्रहरीले धापाखेलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

उनले जुवा तास तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्दामा पक्राउ परी थुनामा रहेका सञ्जय बुमार साहलाई छुटाइदिन्छु भन्‍दै आफन्तलाई विश्सामा लिई नगद २० लाख र चेकमार्फत २५ लाख गरी ४५ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?