+
+

भारतको विदेश मन्त्रीमा पुनः एस जयशंकर !

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १७:१४

२७ जेठ, काठमाडौं । तेस्रो कार्यकालका लागि शपथ लिनु केही घण्टा अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीएका सिनियर नेताहरूसँग छलफल गरेका छन् ।

छलफलमा मोदीको तेस्रो कार्यकालमा मन्त्री बन्ने सम्भावित नेताहरू पनि थिए ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार नयाँ मन्त्रिपरिषद्‌बारे टुंगो लगाउन हिजो शनिबार प्रधानमन्त्री मोदी, अमित शाह, भाजपा प्रमुख जेपी नड्डा र महासचिव बीएल सन्तोषबीच प्रधानमन्त्री निवासमा झण्डै ११ घण्टा लामो छलफल भएको थियो ।

मोदीले आज साँझ शपथ दिने कार्यक्रम छ ।

समाचाहरूमा जनाइएअनुसार विदेश मन्त्रीमा एस जयशंकर पुनः दोहोरिने सम्भावना छ ।

मोदीको दोस्रो कार्यकालमा गृहमन्त्री रहेका अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, रोड तथा हाइवेमन्त्री नितिन गडकरी पनि पुरानै जिम्मेवारीमा फर्किने सम्भावना छ ।

राज्यसभा सदस्य निर्मला सितारमण पनि अर्थमन्त्रीमा दोहोरिने प्रबल सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?