+
+

ज्योति मगरको प्रश्न : सभ्य दोहोरीगीतको मापदण्ड के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १७:१९

काठमाडौं । ‘अभद्र र अर्मादित’ गीत गाएको भन्दै केही दिनअघि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले १२ जना दोहोरी कलाकारलाई स्पष्टीकरण सोध्यो ।

उनीहरुले गाएका गीतलाई सात दिनभित्र युट्युब लगायतका प्लाटफर्मबाट हटाउन समेत प्रतिष्ठानले अल्टिमेटम दिएको छ ।

गत साता प्रतिष्ठानले अपाच्य गीत गाएको आरोपमा बालचन्द बराललाई ६ महिनाको लागि निलम्बन गरेको छ । दोहोरीगीतलाई मर्यादित र सभ्य बनाउने भन्दै प्रतिष्ठानले सक्रियता बढाएपछि यसलाई लिएर टीकाटिप्पणी भइरहेको छ ।

यो बहसमा लोकदोहोरी गायिका ज्योति मगरले प्रतिष्ठानप्रति आक्रोशित प्रतिक्रिया दिएकी छन् । उनले सभ्यता र प्रस्तुतिको मापदण्ड के हो ? भन्ने जवाफ माग्दै प्रतिष्ठानको नेतृत्वलाई प्रश्न सोधेकी छन् ।

उनी लेख्छिन्, ‘लौ मानियो, गीत बिग्रियो, प्रस्तुतीकरण मिलेन । अब तिमी जवाफ देऊ, यसको मापदण्ड के हो ? प्रस्तुतिको डेफिनेसनसहित मापदण्डलाई प्रकाश पारिदेऊ ।’

स्वतन्त्र कलाकारलाई स्पष्टीकरण सोधिएकोप्रति पनि ज्योतिको आपत्ति छ ।

२४ जेठमा १२ जना कलाकारलाई सोधिएको स्पष्टीकरण पात्रमा प्रतिष्ठानले सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन, नत्र कानुनी कारवाहीको लागि तयार रहन चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?