+
+

काठमाडौं आएकी तारा सुतरियाले गरिन् नेपाली वास्तुकलाको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १७:४५

काठमाडौं । केही दिनअघि काठमाडौंमा टीजीआईएफ फेसन शोको आयोजना गरियो । सेलिब्रेटी मोडलको बाक्लो सहभागिता रहेको यो फेसन रनवेमा नेपाली डिजाइनरको नयाँ कलेक्सन प्रस्तुत गरियो ।

राजेश हमाल, साम्राज्ञी शाह, अस्मी श्रेष्ठसहितका सेलिब्रेटीले शो-स्टपरको रुपमा आफूलाई रनवेमा प्रस्तुत गरे । यो फेसन शोको प्रमुख आकर्षणको रुपमा थिइन् बलिउड अभिनेत्री तारा सुतरिया ।

केही दिनदेखि काठमाडौंमा व्यस्त ‘स्टुडेन्ट अफ द इयर २’ अभिनेत्री आइतबार मात्र भारत फर्किएकी छन् । उनी बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा बसेकी थिइन् । भारत फर्कनुअघि उनले पशुपतिनाथ मन्दिरमा पूजाआजा समेत गरिन् ।

आफू काठमाडौंमा आएको जानकारी दिंदै सुतरियाले केही तस्वीर पोस्ट गरेकी छिन्, जसमा उनले नेपाली वास्तुकलाको प्रशंसा गरेकी छन् । उनले पोस्ट गरेको एक फोटो श्यामश्वेत देखिन्छ भने अर्को फोटोमा उनी द्वारिकाज होटल परिसरमा देखिएकी छन् ।

नेपाली कलाको प्रशंसाको गर्दै उनी लेख्छिन्, ‘सुन्दर वास्तुकला र गौरवशाली नेपालप्रति आराधना र गहिरो माया बाहेक केही छैन । यहाँ सम्पत्तिहरु छन् जसले आफ्नो विरासत र संस्कृतिलाई अचम्मको रूपमा अगाडि बढाएका छन् । सांस्कृतिक र सुन्दर सबै चीजलाई जीवित राख्नको लागि नेपालीले होसियार र सचेत भएर गरेको प्रयासबाट धेरै कुरा सिक्न सकिन्छ ।’

अभिनेत्री सुतरियाले सन् २०१९ मा रिलिज भएको करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । मर्जावान, तडप, हिरोपन्थी २, एक मिलेन रिटर्न्स, अपूर्व उनका चर्चित फिल्म हुन् । उनले डिज्नी च्यानल इण्डियाबाट भिडियो जकीको रुपमा करिअर थालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?