+
+

केदार कार्कीलाई हिक्मतको जवाफ : ब्याक बेञ्चरले चलाउन जान्दैनन्

'म असल विद्यार्थी हुँ, मास्टर्स गरेको छु'

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १८:११

२७ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झुक्किएर नेतृत्वमा पुगेपनि  ब्याक बेञ्चरहरु सफल नेता बन्न नसक्ने बताएका छन् ।

केही समयअघि पूर्वमुख्यमन्त्री  केदार कार्कीले फ्रस्ट बेञ्चरसाथि खरदार भएको ब्याक बेञ्चर आफू मुख्यमन्त्री भएको बताएका थिए । अभिव्यक्तिका कारण केदार कार्कीको आलोचना भएको थियो । तर, उनले आफ्नो अभिव्यक्ति बारम्बार दोहोर्‍याएका थिए ।

इटहरी जेसिजले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ब्याक बेञ्चरले चलाउन नसक्ने बताए ।  उनले  राजनीतिज्ञ बन्नका लागि अध्ययन अति आवश्यक रहेको बताए ।

‘कोही कोही मुख्यमन्त्री साथीहरुले म ब्याक बेन्चर थिए भन्नुभयो, कोही ब्याक बेच्चरहरु कहिलेकाही झुक्किएर उछट्टिएर राम्रो ठाउँमा पुग्छन्, तर चलाउन सक्दैनन, जान्दैनन्,’ उनले भने,‘ म असल विद्यार्थी हो, म राम्रो पढ्ने विद्यार्थी हुँ, मैले कानुनमा मास्टर्स गरेको छु ।’

पूर्वमुख्यमन्त्री कार्कीप्रति लक्षित गर्दै उनले राजनीति गर्नेहरु लोभ, लालच नगर्ने र चरित्र पनि सफा भएको हुनुपर्ने बताए । ‘मैले सबै बुझेरै राजनीतिमा आएको छु । राजनीति गर्ने मान्छेमा लोभ हुनुहुँदैन, चरित्र विग्रनु हुँदैन,’ उनले भने,‘राजनीति गर्ने राष्ट्र, राष्ट्रीयता, जनताप्रति नकारात्मक बन्ने र देश जनताको बेहितमा सोच्ने  हुँदैन ।’

मुलुकको नेतृत्व गर्छु भन्ने राजनीतिज्ञहरुका लागि अध्ययन अत्यावश्यक रहेको बताउँदै उनले नेपालको संघीय संरचनामा सबैभन्दा उत्कृष्ट नतिजा प्रदेश सरकारले दिइरहेको दाबी गरे ।

२७ वैशाख २०८० मा कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गरेका  केदार कार्कीलाई हिक्मतकुमार कार्की नेतृत्वको एमाले संसदीय दलले समर्थन गरेर कोशी प्रदेशको मुख्यमन्त्री बनाएको थियो । राजनीतिक समीकरण फेरिएपछि केदार कार्की पदमुक्त भए, हिक्मतकुमार कार्की सत्तामा आए  ।

गत २७ वैशाखमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीविरुद्ध सोही दिन केदारले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

हिक्मतको नियुक्ति बदर र आफ्नो निरन्तताको मागसहित केदार कार्कीले दायर गरेको रिटको सुनुवाइ जारी छ । सर्वोच्चले ३१ जेठका लागि सुनुवाइको समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?