+
+

‘पेवल नेपाल र सजिलो पे’ पेमेन्टका ६ कर्मचारी पक्राउ, ६ दिनको म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १८:४६

२७ जेठ, काठमाडौं। दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

शुक्रबार यी दुई कम्पनीका ६ कर्मचारीलाई पक्राउ गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले पुष्टि गरे । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनााई नियन्त्रणमा लिइएको एआइजी ज्ञवालीले बताए ।

पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् ।

उनीहरुविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । अवैध सुन तस्करीको खरिद बिक्रि कसरी भएको छ र त्यसको भुक्तिनी कसरी हुन्छ भन्नेबारे अनुसन्धान गर्दा यी दुई भुक्तानी सेवा प्रदाय जोडिएको सीआईबीले जनाएको छ ।

सुनको अवैध कारोबारका साथै क्रिप्टो र हुण्डी कारोबारमा समेत यी दुई कम्पनी जोडिएको दाबी सीआईबीको छ । अवैध कारोबारमा जोडिएपछि सीआईबीले केही दिनअघि मात्रै राष्ट्र बैंकलाई पत्र लेख्दै ‘पेवल नेपाल र सजिलो पे’ लाई रोक्का गर्न आग्रह गरेको थियो ।

सीआईबीको पत्रपछि राष्ट्र बैंकले सूचना जारी गर्दै २१ जेठमा यी दुई भुक्तानी कम्पीनीको बैंक खाता रोक्का गरेको थियो । थप अनुसन्धानका क्रममा ६ कर्मचारी पक्राउ परेको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?