+

१६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि

२०८१ जेठ  २७ गते २१:०४ २०८१ जेठ २७ गते २१:०४
१६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि

२७ जेठ, काठमाडौं । नेपाल उसु महासंघको आयोजनामा १६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सहभागिताका लागि विभिन्न ४० जिल्ला र तीन विभागीय टोलीलाई आमन्त्रण गरिएको उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् । करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

थाउलो र सान्डामा गरी जम्मा २७ स्पर्धामा खेल हुनेछ । मोफसलबाट सहभागी भइ पदक जित्ने खेलाडीलाई बसोबास, खाना र आते–जाते खर्च आयोजकले उपलब्ध गराउने बताइएको छ ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका उसु महासंघका अध्यक्ष जनक बर्तौलाको संयोजकत्वमा ५ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ ।

कमिटीका सदस्यहरुमा उसु महासंघका उप–महासचिव महर्जनसहित सचिव नवीन बस्नेत, सदस्यद्वय शुभराम मुनाकर्मी र निराजन आले मगर रहेका छन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

राष्ट्रिय उसु प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय