+
+
जन्मदिन विशेष :

राजेश हमालका ५ जोक्स

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते २२:२७

‘विवाह कहिले गर्ने ?’ यो प्रश्नको जवाफ राजेश हमालले जति अरूले सायदै दिनुप¥यो । पत्रकार मात्र होइन, आम मान्छेले पनि भेट्नासाथ यही प्रश्न गरेर उनलाई हत्तु–हैरान बनाए । २०७१ सालको वैशाखमा मधु भट्टराईसँग विवाह गरेर उनले प्रश्नकर्ताहरूको मुख बन्द गरिदिए ।

यद्यपि अहिले महानायक प्रश्नहरूको घेराबाट मुक्त छैनन् । अहिले उनले झेल्नुपर्ने प्रश्न हो– ‘कति वर्ष पुग्नुभो ?’

यो प्रश्न किन पनि धेरै तोडिलो हुने गर्छ भने झट्ट आवरण हेरेर राजेश हमालको उमेर अंक अनुमान गर्न सकिंदैन । सुगठित र सुकिलो ज्यान हेर्दा उनी अझै अल्लारे देखिन्छन् । उमेरको सन्दर्भमा उनी त्यसरी खुल्दैनन् पनि, जसरी प्रश्नकर्ताले सोचेका हुन्छन् ।

कति वर्ष पुग्नुभो भन्ने प्रश्नमा अक्सर उनको जवाफ हुन्छ, ‘भर्खर २५ लाग्दैछु ।’ वा यस्तै । उनको यो जवाफमा ठट्यौली मात्र मिसिएको छैन उत्तिकै चलाखी पनि । कूटनीतिक पिताको छोरो जो परे !

राजेश हमाल आफैंमा यस्ता छन्, जसलाई तपाईंले कुनै एक पाटोबाट हेरेर मूल्यांकन गर्न सक्नुहुन्न । उनी अनेकमा एक हुन् । ठट्यौली गर्नमा जति माहिर देखिन्छन् बौद्धिक बहसमा उत्तिकै तिख्खर । सधैं तन्दुरुस्त, सधैं ऊर्जावान्, सधैं शान्त देखिने राजेश हमाललाई वाक्कौशल, सौम्य व्यक्तित्वले पनि अग्लो बनाएको छ ।

राजेश हमालले फिल्ममा अक्सर संघर्षशील चरित्र निर्वाह गरे । कहिले किसान बनेर, कहिले मजदुर बनेर, कहिले गाउँले बनेर अन्याय र अत्याचार गर्नेहरूलाई थर्कमान बनाइरहे । शक्ति र सत्ताको थिचोमिचो विरुद्ध आगो ओकलिरहे । एउटा जुझारु र आम मान्छेको आवाज बोलिदिने नायकको रूपमा आफ्नो छवि निर्माण गरे ।

उनले कमेडी फिल्म खेलेनन्, हास्य चरित्र निर्वाह गरेनन् । । यद्यपि फिल्मी करिअरको उत्तराद्र्धतिर उनीमाथि थुप्रै जोक बनाइए । खासगरी सामाजिक सञ्जालको प्रयोग बढेसँगै ‘राजेश हमाल जोक्स’ छ्यापछ्याप्ती भए ।

भनिहालौं, राजेश हमालमाथि बनेको अधिकांश जोक्समा उनलाई शक्तिशाली, चमत्कारी रूपमा प्रस्तुत गरिएको छ । संभवतः पाठक एवं प्रशंसकहरू उनलाई हियाएर वा गिज्याएर हाँस्न चाहँदैनन् । जोकमै सही, राजेश हमाललाई ‘माथि पार्न’ चाहन्छन् ।

उनै सर्वप्रिय अभिनेताको जन्मदिनको मेसोमा राजेश हमाल जोक्स संकलन गरिएको छ ।

 १० तला माथिबाट हाम फाल्दा

एकपटक के भएछ भने राजेश हमाल, अल्बर्ट आइन्स्टाइन र थोमस अल्वा एडिसनबीच प्रतिस्पर्धा चलेछ, १० तला माथिबाट हाम फाल्ने । पहिले थोमस तयार भए, तर सकेनन् । डराएर भागे । दोस्रोमा अल्बर्ट आए । ऊ पनि डराएर पछाडि हटे । अब राजेश हमालको पालो अयो । उनी राम्ररी तयार पनि भएका थिएनन्, हाम फालिहाले ।

उनलाई अस्पताल भर्ना गरियो । पत्रकारले अस्पतालमा पुगेर सोधे, ‘तपाईंले बहादुरी देखाउनुभो । कसरी त्यतिका माथिबाट हाम फाल्ने हिम्मत गर्नुभो ?’

राजेश हमाल जंगिए, ‘पहिला यो भन कि मलाई पछाडिबाट कसले धकेल्यो ?’

टाउको सेभ गरिदेउ

राजेश हमाल – कपाल काटेको कति रुपैयाँ हो भाइ ?

हजम – ६० रुपैयाँ हो ।

राजेश हमाल – अनि सेभ गरेको नि ?

हजाम– त्यो त जम्मा २० रुपैयाँ हो ।

राजेश हमाल– त्यसो भए मेरो टाउको सेभ गरिदेऊ ।

 चाउमिन खान त्रिशूल

महादेव झोक्राएर बसेका थिए । भक्तले सोधे– प्रभु तपार्ईंको त्रिशूल खोइ ?

महादेव– राजेश हमालले लगेको छ ।

भक्त– किन ?

महादेव– चाउमिन खानका लागि रे !

 कालो बनाइदिनु

एकदिन राजेश हमाल, रजनीकान्त र अजय देवगन हिमाल यात्रामा थिए । त्यही बखत पर्वतमा शिवजीसँग भेट भयो । भगवानले भने, ‘एक एक वटा बरदान माग, म पूरा गरिदिन्छु ।’

रजनीकान्त अगाडि सर्दै भने, ‘भगवान् मलाई गोरो बनाइदिनुहोस् ।’

महादेवले ‘तथास्तु’ भने । उनी तुरुन्तै गोरो भए । अजय देवगनको पालो आयो ।

अजय देवगनले भने, ‘मलाई पनि गोरो बनाइदिनुहोस् ।’ उनी पनि तुरुन्तै गोरो भए । अब राजेश हमालको पालो थियो । महादेवले सोधे– ‘भन तिमी के बरदान माग्छौ ?’

राजेश हमालले तुरुन्तै जवाफ दिए, ‘यी दुवैलाई कालो बनाइदिनुहोस् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?