+

टी-२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

२०८१ जेठ  २८ गते १:३२ २०८१ जेठ २८ गते १:३२
टी-२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

२८ जेठ, अमेरिका – भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको सुपर–८ सम्भावना निकै कठिन बनेको छ ।

१२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै ११३ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ४४ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए । बाबर आजम, उस्मान खान र फखार जमानले १३–१३ रन जोडे । सादब खान ४ र इफ्तिखर अहमदले ५ रन बनाए । नसिम साहले ४ बलमा २ चौकासहित १० रन बनाए ।

पाकिस्तानले अन्तिम २४ बलमा ३५ रन बनाउन नसक्दा पराजित भएको हो । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत १९ ओभरमा ११९ रनमा अल आउट भएको थियो । भारतका विकेटकिपर ऋषभ पन्तले ३१ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाए । भारतका रोहित शर्मा १३, विराट कोहली ४, अक्षर पटेल २०, सूर्यकुमार यादव र हार्दिक पान्ड्या ७–७ रनमा आउट भए । एक समय भारत ११.१ ओभरमा ८९–३ भएपनि त्यसपछि लगातार विकेट गुमाएको थियो ।

पाकिस्तानका नसिम साहले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मोहम्मद आमिरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो । भारतले आयरल्यान्डलाई ८ विकेटले हराएको थियो ।

आईसीसी टी–२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय