+
+

बलात्कार आरोपी उपसचिव रुपेशकुमार साहले गरे प्रहरीसमक्ष आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते ९:४३
प्रतिकात्मक तस्वीर ।

२८ जेठ, जनकपुरधाम । जबर्जस्ती करणी अभियोगमा फरार भएका मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

साहले गत शनिबार नै धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ ।

गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति साढे १० बजेतिर ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ ।

पीडित महिलाले गत वैशाख पहिलो साता आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै प्रहीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार भएका थिए ।

सिराहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टी निवासी साह आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

साहले पीडितका श्रीमान् नभएको मौका पारेर राति कोठामा गएर नशालु पदार्थ मिसिएको पेडा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?