+
+

आईपीओपछि पहिलो साधारणसभा गर्दै चिरख्वा हाइड्रोपावर, दुई सञ्चालक निर्वाचित गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १२:०१

२८ जेठ, काठमाडौ । चिरख्वा खोला हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

२७ जेठमा बसेको कम्पनी सञ्चालक समिति बैठकले २३ असारमा पाँचौं वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन गरेपछि आह्वान गरेको पहिलो साधारणसभा भएकाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी दुई सञ्चालक समेत चयन गर्ने छ ।

कम्पनीको साधारणसभामा सञ्चालक समिति अध्यक्षले प्रस्ततु गर्ने २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने छ । त्यस्तै सोही आवको वार्षिक वित्तीय विवरण समेत पारित गर्ने प्रस्ताव सधारणसभामा छ ।

कम्पनीको ठेगाना परिवर्तन तथा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको जनाइएको छ । साधारणसभाका लागि १२ असारमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?