+
+

सरकारलाई अख्तियारको पत्र : नियुक्तिअघि विदेशी नागरिक हो कि होइन यकीन गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १२:५०

२८ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी नियुक्ति गर्नुअघि कुनै व्यक्ति विदेशी नागरिक हो कि होइन भन्ने यकीन गर्न सरकारलाई आग्रह गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग अमेरिकाको स्थायी आवास अनुमति (पीआर) रहेको खुलेको थियो । सो मुद्दामा अख्तियारले पौडेललाई दोषी पनि ठहर गरिसकेको छ ।

१० वैशाखमा अख्तियारका सचिव रामेश्वर दंगालले मुख्यसचिव बैकुण्ठ अर्याललाई पत्र लेखेर सार्वजनिक पदमा नियुक्तिअघि विदेशी नागरिकता वा आवासीय अनुमति पत्र लिए/नलिएको यकिन गर्न आग्रह गरेका हुन् ।

‘नेपाल सरकारबाट नियुक्ति हुनुपर्ने व्यक्तिको हकमा नेपाल सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेश गर्दाका बखत त्यस्ता व्यक्तिले विदेशी नागरिकता वा आवासीय अनुमति पत्र लिए/नलिएको यकिन गर्न निज व्यक्ति स्वयंले सो बारे गरेको घोषणा अनिवार्य रुपमा पेश गर्न लगाउने र अन्य सार्वजनिक निकायको हकमा पनि सोही बमोजिम कानुनी व्यवस्था गर्ने/गराउने व्यवस्था गर्न नेपाल सरकारका मुख्य सचिवमार्फत सबै निकायमा निर्देशन हुन सुझाव लेखी पठाउनु हुन अनुरोध छ’, अख्तियारको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?