+
+

लोभी केटाको कथामा फिल्म ‘पेन्सनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १३:११

काठमाडौं । डेब्यु निर्देशकीय फिल्म ‘दयारानी’ हिट भएपछि निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ प्रोजेक्टको तयारीमा छन् । उनले आगामी फिल्म ‘पेन्सनपट्टा’को घोषणा गरेका छन् ।

शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि फिल्मले लोभी केटाको कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए । ‘एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने कुरा यसमा हुनेछ,’ उनले भने ।

मंसिर पहिलो सातादेखि पोखरा आसपासमा छायांकन गरिने फिल्मका कलाकार तय छैनन् । अघिल्ला फिल्ममा दयाहाङ राईसँग सहकार्य गरेका माओत्सेले यसपटक भने दयाहाङसँग सहकार्यबारे निधो भइनसकेको बताए ।

फिल्म निर्माताको तर्फबाट डीबी गुरुङले चाँडै कलाकार तय हुने जनाए । यसपटक माओत्सेले आफ्नै फिल्म निर्माता कम्पनी माओत्से गुरुङ फिल्मको ब्यानरमा निर्माण गर्न लागेका हुन् ।

माओत्से पछिल्लो समय घरेलु फिल्मका चर्चित अभिनेता समेत हुन् । उनले ७ गुरुङ फिल्म समेत निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?