+
+

ग्लोबल आईएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १३:१४

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ ।

आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक तथा नगद जम्मा गर्ने मेसिन र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा अध्यक्ष ढकालले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो प्रयासलाई उनले आफ्ना ग्राहकलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासको एक हिस्सा भएको बताए । डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापी रूपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खाने उनले बताए ।

डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?