+
+

प्रधानमन्त्री प्रचण्ड र भारतका संघीयमन्त्री जयशंकरबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १३:२३

२८ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नवनियुक्त भारतीय संघीयमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाइ एवं कार्यकालको शुभकामना व्यक्त गरे । प्रचण्डले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

त्यसैगरी मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराए ।

भेटमा प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीलगायत अधिकारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?