+
+

मोदीको शपथ ग्रहण समारोहमा शाहरुख, अक्षय, कंगनादेखि रजनीकान्तसम्म (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १४:०८

काठमाडौं । नरेन्द्र मोदीले आइतबार साँझ लगातार तेस्रो पटक भारतीय प्रधानमन्त्रीको रुपमा शपथ लिएका छन् । कार्यक्रममा भारतीय फिल्म क्षेत्रका चर्चित व्यक्ति समेत सामेल थिए । शाहरुख खान, अक्षय कुमार, विक्रान्त मेस्सी, राजकुमार हिरानीलगायत धेरै स्टार पुगेका थिए ।

कार्यक्रममा हिमाञ्चल प्रदेशको मण्डी सिटबाट निर्वाचित सांसद एवं अभिनेत्री कंगना रनौत पनि सहभागी भएकी थिइन् । साथै शपथ ग्रहण समारोहमा साउथ सुपरस्टार रजनीकान्त पनि सहभागी थिए । चेन्नई एयरपोर्टमा रजनीकान्तले भने, ‘यो ठूलो उपलब्धि हो । उहाँहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यसपटक जनताले बलियो प्रतिपक्षलाई पनि चुनेका छन् । यसले स्वस्थ लोकतन्त्रको निर्माण गर्नेछ ।’

सपथ कार्यक्रमअघि अनुपम खेरले कंगनासँग फोटो खिचेका थिए । उनले सामाजिक सञ्जालमा यस सम्बन्धमा एउटा भिडियो पनि सेयर गरेका छन् । उनले यो भिडियोको क्याप्सनमा लेखेका छन् – क्वीन…।’

बलिउड अभिनेता अजय देवगणले शपथ समारोहअघि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीलाई विजयी भएकोमा बधाई दिएका छन् । शपथ ग्रहण समारोहमा अभिनेता अनिल कपुरले भने, ‘देशले प्रगति गरिराखोस् र गरिरहनुहोस् ।’

तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?