+
+

सुदूरपश्चिममा मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई माओवादीका ५ सांसदको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १५:००
खगराज भट्ट

२८ जेठ, धनगढी। नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका पाँच जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् ।

खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पत्र बुझाएका हुन् ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीका लागि अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएका छन् ।

तर तत्कालीन दल नेता खगराज भट्टसहितका नेताले ती नाममा आपत्ति जनाउँदै मुख्यमन्त्रीलाई पत्र बुझाएका हुन् ।

पत्रमा संसदीय दल र पार्टीमा छलफल नगरी दलको नेताले आफूखुसी नाम पेस गरेको भन्दै यी नाममा असहमति रहेको र नियुक्ति प्रक्रिया अगाडि नबढाउन अनुरोध गरिएको छ ।

यसअघि माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यले दलको नेताबाट भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?